चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको बिदाई गरिएको छ ।
मिश्रको प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेपछि आइतबार एक भव्य कार्यक्रमकाबीच बिदाई गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल तथा सुरक्षा समितिका पदाधिकारीहरूले मिश्रको कार्यकालको उच्च मूल्यांकन गर्दै उनलाई आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
उनले आफ्नो कार्यकालमा जटिल प्रकृतिका अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागुऔषध नियन्त्रण तथा समुदाय साझेदारी कार्यक्रममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत इकाईमा कार्यरत प्रहरी कर्मचारीहरूले समेत मिश्रलाई बिदाई गर्दै आगामी कार्य सम्पादनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।