Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एक करोड धरौटी बुझाएर आजै रिहा हुने तयारीमा रवि, बैंक ग्यारेन्टी पेस गरिँदै

एक करोड धरौटी बुझाएर आजै रिहा हुने तयारीमा रवि, बैंक ग्यारेन्टी पेस गरिँदै

आइतवार , माघ १३, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले एक करोड धरौटी बुझाएर आजै रिहा तयारी गरेका छन् ।

आइतबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले सुप्रिम सहकारी ठगी प्रकरण लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशसँगै पूर्व गृहमन्त्री रवि धरौटी बुझाएर आजै रिहा तयारीमा लागेका हुन् ।

जिल्ला अदालत रुपन्देहीका अनुसार हाल तोकिएको धरौटी रकमको बैंक ग्यारेन्टी तयार पार्ने प्रक्रिया चलिरहेको छ । अहिले बैंकका कर्मचारीसहितको टोली अदालती प्रक्रियामा सघाइरहेको बताइएको छ ।

सुप्रिम सहकारीको रकम संगठित ठगीमा रविसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

यसअघि पुस २५ गते पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने माघ २ गते स्वर्णलक्ष्मी सहकारी मुद्दामा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077