काठमाडौं । आशिका तामाङ फेरि पक्राउ परेकी छन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी थिइन् । तर भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएपछि उनलाई पुनः पक्राउ गरिएको हो ।
उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको थियो । भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन्।