कञ्चनुर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई दुव्र्यवहार गरेको आरोपमा स्थानीय व्यवसायी केशवराज पन्त पुनः पक्राउ परेका छन् ।
एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका रावलले बिदाका दिन अनुमतिविनै सरकारी गाडी चलाएको विषयमा रास्वपाका कार्यकर्ता र व्यवसायी पन्तबीच विवाद भएको थियो ।
त्यसदिन रास्वपाले कञ्चनपुरस्थित पुर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत दैजी क्षेत्रमा अनुमतिविना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिँदै प्रहरीलाई बुझाइरहेको थियो ।
यही सिलसिलामा रास्वपाले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य रावल चढेको सुप प्रदेश ०१००झ ३१८ नम्बरको जिप रोकेको थियो । त्यही क्रममा रास्वपा कार्यकर्तासहित व्यवसायी पन्तसँग रावलको भनाभन भएको थियो ।
रावलमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले व्यवसायी पन्तलाई त्यसै दिन नियन्त्रणमा लिएर तीन घण्टापछि छाडिदिएको थियो । तर, तेस्रो दिन सोमबार फेरी प्रहरीले ४७ वर्षीय पन्तलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।