Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ, एपबाट दुई करोड रुपैयाँको कारोबार

अनलाइन जुवा खेलाएको आरोपमा दुईजना पक्राउ, एपबाट दुई करोड रुपैयाँको कारोबार

सोमवार , माघ १४, २०८१

काठमाडौं । अनलाइन बेटिङ कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजप्रसाद श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का हरिचन्द्र भुजेललाई पक्राउ गरेको हो ।

उनीहरुले दुई करोड रुपैयाँभन्दा धेरै रकमको अनलाइन बेटिङ कारोबार गरेको आरोप छ ।

उनीहरूले मन्त्र १०८ नामक वेबसाइटबाट अनलाइन बेटिङ खेल्ने तथा खेलाउने गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । दुई करोड ४१ हजार ६३६ रुपैयाँबराबरको कारोबार उनीहरूले गरेका छन्।

क्रिप्टोमा पनि लगानी गरेको उनीहरूको मोबाइल परीक्षणबाट खुलेको बताइएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077