Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

किष्ट अस्पतालभित्रको शौचालयमा भेटियो युवकको शव

किष्ट अस्पतालभित्रको शौचालयमा भेटियो युवकको शव

सोमवार , माघ १४, २०८१

ललितपुर । ललितपुरस्थित किष्ट अस्पतालभित्रको शौचालयमा एक युवकको शव फेला परेको छ ।

अस्पताल भित्रको इमरजेन्सी वार्ड पछाडी रहेको शौचालयभित्र युवकको शव फेला परेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ बिशुन्डोल बस्ने ३२ वर्षीय सन्दीप रावलको शव फेला परेको प्रहरीले जनाएको छ । बिरामी भेट्न अस्पताल पुगेका उनी शौचालयभित्रै मृत फेला परेको हुन् ।

शव पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकेको ललितपुर प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077