Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वीरगन्जको एक गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाख बढीको सामान बरामद

वीरगन्जको एक गोदाममा सशस्त्र प्रहरीको छापा, ५० लाख बढीको सामान बरामद

सोमवार , माघ १४, २०८१

वीरगन्ज । सशस्त्र प्रहरी बलले भन्सार छली गरेर भित्र्याइएको ५० लाख ९३ हजार मूल्य बराबरका कपडा तथा हार्डवेयरका सामान बरामद गरेको छ ।

भारतबाट भन्सार राजश्व छलेर वीरगन्जमा ल्याई आदर्शनगरस्थित गोदाममा भण्डारण गरिएको आशंकामा सशस्त्र प्रहरीले छापा मारेको हो ।

सोमबार बिहान ७ बजेतिर प्रतावित सीमा सुरक्षा गुल्म वीरगन्जका सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले आदर्शनगरको ट्रान्सपोर्ट क्षेत्रमा रहेको एक गोदाममा छापा मारेको थियो।

त्यसक्रममा गोदमभित्र भण्डरण गरी राखिएका ३० पोका कपडा र हार्डवेयरका सामानहरू सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।

नियन्त्रणमा लिइएका ती सबै सामान भन्सार राजश्व छलेर चोरी पैठारी गरेर ल्याइएका सामानहरू रहेको उनले दाबी गरे। बरामद कपडा र हार्यवेयरका सामानको बजार मूल्य ५० लाख ९३ हजार ७ सय रुपैयाँ रहेको बताइएको छ ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077