Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अछाम प्रहरीको अनुरोध - अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण नगर्नू

अछाम प्रहरीको अनुरोध - अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण नगर्नू

मंगलवार , माघ १५, २०८१

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले भ्रमात्मक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाको ढकारी गाउँपालिका-८ की १४ वर्षीया ईश्वरा खड्का र १५ वर्षीया सरस्वती खड्काको मृत्यु सम्बन्धी सामाजिक संजाल तथा विभिन्न अनलाइन मिडियामा फैलाइएका भ्रमात्मक समाचारप्रति अछाम प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी टेक बहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रहरीले घटनाको अनुसन्धान, रोकथाम र नियन्त्रणका लागि पूर्ण रुपमा सजग रहेको र जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए ।

साथै, भविष्यमा पनि अपराध अनुसन्धान र सेवा प्रवाहमा दत्तचित्त भएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि गम्भीर प्रकृतिको घटनाको अनुसन्धानका क्रममा आधिकारिक निकायबाट पुष्टि नगरिएका सूचनालाई सामाजिक सञ्जालमा फैलाउनु कानुनी प्रक्रिया र अनुसन्धानलाई प्रभावित पार्न सक्ने बताए ।

'कुनै पनि समाचार सम्प्रेषण गर्नु पूर्व सोको सत्यता सम्बन्धित कार्यालय वा अधिकारीबाट बुझ्न आवश्यक छ। प्रहरी कार्यालय र प्रहरी कर्मचारीको नाम जोडेर गलत सूचना फैलाउने कार्य अनुसन्धानलाई नै असर पुर्‍याउने खालको हुन सक्छ,' देउवाले भने।

सामाजिक सञ्जालमा कुनै पनि समाचार वा सूचना प्रसारण गर्नु अघि सत्यता सम्बन्धित कार्यालय वा व्यक्ति मार्फत पुष्टि गर्न आग्रह गरिएको छ । सूचना अधिकारी देउवाले प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीको नाम जोडेर झुट्ठा, बनावटी एवं भ्रमपूर्ण समाचार प्रसारण नगर्न चेतावनीसमेत दिए ।

ढकारी गाउँपालिका-८ पल्साताका दुई किशोरी गत शनिबार साँझ जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनीहरू बाख्रा चराउन शुक्रबार जंगल गएका थिए ।

शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरक दुई किशोरीको शव फेला परेको थियो ।

किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ । प्रहरीले संकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077