Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आशिका तामाङलाई भक्तपुर अदालतमा पेस गरिँदै

आशिका तामाङलाई भक्तपुर अदालतमा पेस गरिँदै

मंगलवार , माघ १५, २०८१

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिँदै छ ।

भक्तपुर प्रहरीका अनुसार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो ।

आशिका हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । सोमबार उनलाई काठमाडौंबाट भक्तपुर लगिएको हो ।

प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी उनलाई सोमबारै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077