Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ताप्लेजुङका सिडिओलाई ज्यान मार्ने धम्की दिने मादेन पक्राउ

ताप्लेजुङका सिडिओलाई ज्यान मार्ने धम्की दिने मादेन पक्राउ

मंगलवार , माघ १५, २०८१

ताप्लेजुङ । प्रहरीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले पहिचानवादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका ५२ वर्षीय प्रदीप मादेनलाई पक्राउ गरेको हो।

ताप्लेजुङ बन्द गराउँदै हिँडेको अवस्थामा मादेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

उनले गत शनिबार पाथीभरा केबलकारको विरोध गर्ने समूहको नेतृत्व गरेको आरोप छ।

त्यही बेला मादेनले सिडिओ नेत्रप्रसाद शर्मालाई धम्की दिएका थिए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077