Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अछाम घटना : हत्याको आशंकामा दुई किशोरविरुद्ध किटानी जाहेरी दर्ता

अछाम घटना : हत्याको आशंकामा दुई किशोरविरुद्ध किटानी जाहेरी दर्ता

मंगलवार , माघ १५, २०८१

अछाम । अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र इसरा खड्काको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

मंगलबार उनीहरुविरुद्ध मृतक १५ वर्षीया सरस्वतीका ठुलोबुबा तथा १४ वर्षीया इसराका हजुरबुबा नाता पर्ने अवि खड्काले जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीका अनुसार किटानी परेकाहरु १५ र १७ वर्षका बालक छन् । किटानी गरिएकाहरु ढकारी गाउँपालिका–३ तालीका रहेको बताइएको छ ।

उनीहरु दुवैजना ढकारीकै गुरुकुल माविमा ८ र १० कक्षामा पर्ने विद्यार्थी रहेको खुलेको छ । दुवैजना किशोरीहरुको नाता पर्ने व्यक्तिहरु रहेको बताइएको छ ।

किटानीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर उनीहरु दुबै जनाविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । उनीहरुलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली खटाइएको छ । ढकारी गाउँपालिका–८ घोडासैनको पल्साताकी सरस्वती र इसरा गत शुक्रबार बाख्रा चराउन जंगल गएका बेला बेपत्ता भएका थिए ।

दोस्रो दिन शनिवार साँझ ढकारी –१ स्थित छिन्ने वडारमा मृत भेटिएका थिए । मृतक किशोरीहरुको शव भेरी प्रादेशिक अस्पताल नेपालगंजमा पोष्टमार्टम गरिएको छ तर रिपोर्ट आउन बाँकी छ । प्रहरीले घटनाको तीव्र रुपमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077