Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोह पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोह पक्राउ

मंगलवार , माघ १५, २०८१

मोरङ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोह मोरङबाट पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका–३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका–५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका–८ का २३ वर्षीय करण भनिने अमित राय रहेका छन् ।

विराटनगरका बाबुछोरालाई पक्राउ परेकाहरुले विभिन्न देशको विज्ञापन देखाएर राम्रो काम मिलाइ दिनेभन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगर–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीलाई क्यानडा पठाइदिने भनेर विभिन्न समयमा अनलाइनमार्फत ६६ लाख ६७ हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

पक्राउ परेकामध्ये भारतीय नागरिक ठगी गर्ने योजनाका मुख्य योजनाकार रहेको छ ।

पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर युरोप, अमेरिका, कुबेत, दुबईसमेतका देश पठाउने भन्दै रकम ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

माघ ८ गते ५ जनालाई पक्राउ गरी उनीहरुविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077