Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ताप्लेजुङ घटनाका सबै घाइतेको उपचार सरकारले गरिदिने

ताप्लेजुङ घटनाका सबै घाइतेको उपचार सरकारले गरिदिने

मंगलवार , माघ १५, २०८१

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा गृहमन्त्री रमेश लेखकले सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गरेका छन् ।

मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।

उक्त घटनामा २१ जना प्रहरी कर्मचारी र तीन प्रदर्शनकारी घाइते भएका थिए । गृहमन्त्री लेखकका अनुसार सबै घाइतेहरूको उपचार नेपाल सरकारले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077