Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डिएसपीको बढुवा रोकेर चलखेल बढाउँदै गृह मन्त्रालय

डिएसपीको बढुवा रोकेर चलखेल बढाउँदै गृह मन्त्रालय

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेपाल प्रहरीमा हरेक बढुवामा अत्याधिक चलखेल हुन्छ । नातागोताको प्रभावदेखि आर्थिक चलखेल हुने गरेका विषय ‘ओपन सेक्रट’ जस्तै छ।

रिक्त सिट कम हुने र बढुवाका आकांक्षी धेरै हुने भएकाले बढुवामा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । तर, रिक्त सिट बराबर नै प्रतिस्पर्धी हुँदा समेत यतीबेला डिएसपीमा बढुवा हुन सकेको छैन ।

डिएसपीमा हाल ७५ सिट खाली छ । जसमा २०७० मा भर्ना भएका ७९ जना इन्सपेक्टर प्रतिस्पर्धामा छन्।

त्यसमध्ये केही घुसकाण्ड लगायतमा परेकाले उनीहरुलाई हटाएर अन्यलाई सजिलै बढुवा गर्न सकिने भएपनि गृह मन्त्रालयले बढुवा रोकेर चलखेललाई मौका दिएका छ ।

जसकारण सो ब्याचका सबै इन्सपेक्टर यतीबेला काम छाडेर शक्तिकेन्द्र धाइरहेका छन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखक निकट केहीले त बढुवामा आर्थिक चलखेल समेत गरिरहेका छन् ।

त्यसैका लागि अहिले बढुवा लम्बाइएको स्रोत बताउँछ । ‘कतिपयलाई बढुवामा छुटछस् भनेर तर्साएको छ,’ एक प्रहरी अधिकारी भन्छन्,‘कतिपयलाई अघिल्लो नम्बरमा ल्याउने भन्दै लाभ लिने काम भइरहेको छ।’

जबकी यो ब्याचबाट यसअघि दुई लट डिएसपी भइसकेका छन्। एक सय ४४ जनाको ठूलो टोली रहेकाले तेस्रो लटमा पनि सबैको बढुवा नहुने भएको छ ।

को को छन् प्रतिस्पर्धामा ?

इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुसन यादब, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदिप बस्याल, शिला थापा, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवस बहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुमार बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर,राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बस्नेत, अनिल पण्डित ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077