Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया विजयी

अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया विजयी

बुधवार , माघ १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर (खुशी) विजयी भएकी छिन् ।

पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा खुसी निर्वाचित भएकी हुन्।

उनले ५९६ मत ल्याएकी छन्। उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन्।

यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका छन् । अन्य पदको गणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077