काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीहरूले सहिदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गरेका छन् ।
लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका अरू उच्च पदस्थहरूले सहिदहरूप्रति सम्मान र श्रद्धाभाव प्रकट गरेका हुन् ।
प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरे।
त्यसअघि बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको थियो।
सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।