Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अछाम घटना : अनुसन्धानमा सीआईबीसहित ३ टोली परिचालन, डीआईजी आफैं खटिए

अछाम घटना : अनुसन्धानमा सीआईबीसहित ३ टोली परिचालन, डीआईजी आफैं खटिए

बुधवार , माघ १६, २०८१

धनगढी । अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का मृत भेटिएको घटनामा अनुसन्धानका लागि प्रहरीका छुट्टाछुट्टै टोली खटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोली अनुसन्धानका लागि अछाम पुगेको हो।

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरीप्रसाद भण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँगै नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको टोलीले अनुसन्धान थालेको बताए ।

डीएसपी भण्डारीकाअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) गणेश चन्द आफैं अनुसन्धानका लागि खटिएका छन् ।

बुधबार बिहान अछाम पुगेका डीआईजी चन्दले घटनाबारे अनुसन्धानमा भएको प्रगतीको जानकारी लिएका छन् भने प्राविधीक पक्षको विश्लेषण गरिरहेका छन् । प्रहरीले किशोरी मृत भेटिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ।

मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबुवा अबि खड्काले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिएको डीएसपी भण्डारीले बताए। भेरी प्रादेशिक अस्पतालमा शव परीक्षण गरेपछि प्रहरीले आफन्तको जिम्मा लगाएको थियो ।

दुवै किशोरीको बुधबार अन्त्येष्टि गरिएको छ । प्रहरीले शव परीक्षणको रिर्पोट प्राप्त नभएको जनाएको छ भने रगतसहितका केही नमूना विस्तृत परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको डीएसपी भण्डारीले बताए ।

मृतकका आफन्तहरुले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको भन्दै तत्काल पक्राउ गरेर अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

शुक्रबार ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा गोठालो गएकी ढकारी–८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का भोलिपल्ट मृत अवस्था भेटिएका थिए ।

१५ मिटरको दूरीमा क्षतविक्षत अवस्थामा किशोरीको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077