Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी १४ वर्षपछि पक्राउ

बुधवार , माघ १६, २०८१

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारबाट भागेका व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौ‌ंको टोलीले ओखलढुंगा घर भई गोंगबु बस्ने ४५ वर्षीय पेशलराज बुढाथोकीलाई १४ वर्षपछि पक्राउ गरेको हो ।

उनीविरूद्ध वैदेशिक रोजगार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०६६ साउन १९ गते तीन वर्ष कैद र तीन लाख जरिवाना सुनाएको थियो ।

सोही साल फागुन २५ गते कारागार कार्यालय डिल्लीबजारमा पठाइएको थियो। तर उनी २०६७ साउन २९ गते फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077