Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गिरिबन्धु, कम्बोडिया र शेरादरबार सबैको छानबिन गरौं : वर्षमान पुन

गिरिबन्धु, कम्बोडिया र शेरादरबार सबैको छानबिन गरौं : वर्षमान पुन

बिहिवार , माघ १७, २०८१

पाल्पा। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरादरबार प्रकरणको छानबिन गर्नुपर्ने बताएका छन्।

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उपमहासचिव पुनले सो कुरा बताएका हुन्।

उनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे ।

आफूमाथि दर्जनौँ अनियमितता र भ्रष्टाचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसङ्ग चर्चामा ल्याइएको उनको भनाइ छ।

उनले शुक्रवार संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरादरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077