Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि समातिए

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि समातिए

बिहिवार , माघ १७, २०८१

काठमाडौं। डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन्।

वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो।

फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए।

विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरु बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077