Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग गर्नुपर्छ : प्रचण्ड

युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग गर्नुपर्छ : प्रचण्ड

बिहिवार , माघ १७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिन खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

उनले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरे।

अध्यक्ष प्रचण्डले युवाहरू शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताए।

विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077