Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चलायो गोली,एक जना घाइते

लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चलायो गोली,एक जना घाइते

शुक्रवार , माघ १८, २०८१

बुटवल । लागूऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । लागूऔषध नियन्त्रणमा अवरोध गरेको भन्दै प्रहरीले गोली चलाएको हो ।

नवलपरासीको रामग्राम नगरपालिका-१२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया प्रहरीको गोली लागेर घाइते भएका हुन्।

लोनियाको घरमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट एक टोली खटिएको थियो।

उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरीमाथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

लोनियाले प्रहरीको साथमा रहेको पेस्तोल समेत खोस्न लागेकाले र लागूऔषध कारोबारमा संलग्न व्यक्ति भाग्न खोजेकाले ४ राउण्ड गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरीले जनाएको छ ।

लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ । लोनियाको अवस्था मध्यम छ ।

उनी बोल्न सक्ने अवस्थामा छन् । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ । सो स्थानबाट ९३ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077