Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सभामुख घिमिरेलाई भेट्न रवि सिंहदरबारमा

सभामुख घिमिरेलाई भेट्न रवि सिंहदरबारमा

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् ।

सभामुख घिमेरेलाई भेट्न लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ । आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।

बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन्। लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख घिमिरेलाई भेट्न गएको बताइएको छ।

निलम्बन गैर कानुनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित लामिछानेले निलम्बन फुकुवाका लागि आग्रह गरेको बताइएको छ।

सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077