Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सदनमा सभामुख घिमिरेको सम्बोधन - संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ

सदनमा सभामुख घिमिरेको सम्बोधन - संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुन नहुने बताएका छन्।

प्रतिनिधि सभाको पाँचौं अधिवेशनमा सांसदलाई स्वागत गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन्।

उनले आजदेखि सुरु भएको अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले भने,‘संसदलाई लोकतन्त्रको मन्दिरको रुपमा लिइन्छ। यहाँ व्यक्त भएका विचारलाई परिस्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौं। संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरु सहमतिको संगमस्थल बन्नुपर्दछ। जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ।’

सभामुख घिमिरेले संसदमा विवाद, छलफल र बहस हुनु नौलो नभएको बताए।

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसदलाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्न विश्वस्त रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077