Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अध्यादेशबाटै जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेको छ : योगेश भट्टराई

अध्यादेशबाटै जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेको छ : योगेश भट्टराई

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेको बताएका छन् ।

हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले सो कुरा बताएका हुन् । उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताए।

सांसद भट्टराईले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै अध्यादेशबाट जन्मिएको पार्टीले नै त्यसको विरोध गरिरहेकोमा अचम्म मानेको बताए ।

सांसद भट्टराईले भने,‘आज मलाई अचम्म त यो कुरामा लागिरहेको छ कि जुन अध्यादेशबाट जन्मिएको पार्टी हो त्यो पार्टी अध्यादेश ठिक छैन भनिरहेको छ । अध्यादेशबाट जन्मिएको छ, अध्यादेश नै ठिक छैन भनिरहेको छ । यो चाहिँ अचम्म हुन लागेको छ नेपालमा ।’

०७८ सालमा अध्यादेशमार्फत् नै पार्टी विभाजन गरेर माधवकुमार नेपालले एमाले विभाजन गरेका थिए ।

उनले ०७८ सालमा १६ वटा अध्यादेश आएको भन्दै त्यतिबेला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली नभएको पनि जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077