Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

क्रिप्टोकरेन्सी ठगीमा संलग्न गिरोह पक्राउ, तीन अर्ब बढीको ठगी

क्रिप्टोकरेन्सी ठगीमा संलग्न गिरोह पक्राउ, तीन अर्ब बढीको ठगी

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सीको कारोबार र अनलाइन ठगीमा संलग्न एउटा गिरोहलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सीआईबीको टोलीले सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा माइकल डंगौरा (मास्टर एजेन्ट), अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, आश्विन चौलागाई, सत्यम कुमार सहनी, रोशन कुमार र मुन्ना कुमार रहेका छन्।

उनीहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गर्ने गरेको खुलेको सीआईबीले जनाएको छ ।

उनीहरुको साथबाट सुपर कम्प्युटर सीपीयू २ थान, विभिन्न ब्राण्डका १३ थान मोबाइल, १९ थान बैंक चेक र ५ लाख ५० हजार रुपैयाँ नगद बरामद गरिएको छ।

उनीहरुले संगठित रुपमा ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले जनाएको छ । उनीहरुले बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरुलाई झुक्याई ओटीपी माग गरी रकम ठगी गर्ने गरेका थिए ।

विभिन्न सामाजिक सञ्जालमा आकर्षक विज्ञापनमार्फत साइबर फिसिङ गरी बैंक तथा वालेटमा पहुँच पुर्‍याई रकम ट्रान्सफर गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले ठगी गरेको रकम छोटो समयमै विभिन्न व्यक्तिहरुको बैंक तथा डिजिटल वालेटमा ट्रान्सफर गर्ने गरेका थिए ।

मानिसहरुलाई प्रलोभनमा पारी नागरिकता र फोन नम्बर प्रयोग गरी बैंक तथा डिजिटल वालेटमा खाता खोल्न लगाई उक्त खाता आफुले प्रयोग गरेको अनुसन्धानले देखाएको छ ।

ती खाताहरुमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने तथा हुण्डी कारोबार गर्ने। ठगी गरेको रकम क्रिप्टोकरेन्सी, गेम पोइन्ट किन्न प्रयोग गर्ने गरेका थिए।

सीआईबीका अनुसार, हालसम्म प्राप्त डिजिटल फोरेन्सिक रिपोर्टअनुसार यो समूहले तीन अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ।

उनीहरुले विभिन्न व्यक्तिहरुलाई ठगी गरी ठूलो रकम क्रिप्टोकरेन्सी र अन्य गैरकानूनी कारोबारमा लगानी गरेको देखिएको छ।

पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको छ। सीआईबीले उनीहरुको नेटवर्क र संलग्न अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077