Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अछाममा दुई किशोरी मृत्युबारे प्रहरीले सक्यो प्रारम्भिक अनुसन्धान, हत्या भएको निष्कर्ष

अछाममा दुई किशोरी मृत्युबारे प्रहरीले सक्यो प्रारम्भिक अनुसन्धान, हत्या भएको निष्कर्ष

शुक्रवार , माघ १८, २०८१

अछाम । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ ।

एक हप्ताको अवधिमा अछाम प्रहरीले उनीहरुको मृत्युबारे प्रारम्भिक अनुसन्धान सकेर शनिबार पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण सार्वजनिक गर्न लागेको हो ।

जिल्ला प्रहरी कार्यालय अछाम, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले घटनाको विभिन्न कोणबाट अनुसन्धान थालेको थियो ।

सुदूरपश्चिम प्रदेशका डीआईजी गणेश चन्द पनि घटनाको अनुसन्धानका लागि भनेर अछाम पुगेका थिए । स्रोतका अनुसार घटना भएको एक हप्तामा प्रहरी ती किशोरीहरुको हत्या भएको निष्कर्षमा पुगेको छ ।

यद्धपी प्रहरीले घटनाबारे अहिलेसम्म मुख खोलेको छैन । शनिबारको पत्रकार सम्मेलनमार्फत सबै कुरा सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

सो विषयमा शनिबार बिहान पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाको विस्तृत विवरण गर्ने सार्वजनिक गर्ने तयारी गरेको छ । सोही घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० वर्षमुनीका दुई किशोरहरुलाई नियन्त्रणमा राखेको छ ।

मृतक किशोरीसँगै गोठालो गएका २० वर्षमुनीका किशोरविरुद्ध मृतकका हजुरबुवा अबि खड्काले कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिइसकेका छन् । शुक्रबार ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा गोठालो गएकी ढकारी–८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का भोलिपल्ट मृत अवस्था भेटिएका थिए ।

१५ मिटरको दूरीमा क्षतविक्षत अवस्थामा किशोरीको शव फेला परेको थियो । मृतक दुई किशोरी एउटै परिवारका हुन् । सरस्वती इशराकी फुपू नाता पर्छिन् । पक्राउ परेका दुवै किशोरमाथि प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077