Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

शुक्रवार , माघ १८, २०८१

काठमाडौं । नक्कली इन्सपेक्टरसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

नक्कली इन्सपेक्टर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँ घर भएका ४६ वर्षीय रत्न लामिछानेविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका थापा र चौधरी पक्राउ परेका छन् भने लामिछानेलाई भने फरार प्रतिवादी बनाइएको छ ।

नक्कली इन्सपेक्टरलाई २२ पुसमा पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077