Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रका ६४० जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

सशस्त्रका ६४० जवान सहायक हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

शनिवार , माघ १९, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ६४० जना जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको बैठकले उनीहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

उनीहरुलाई बढुवा सिफारिस गरिएको नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077