झापा । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको लाठी प्रहारबाट मृत्यु भएको हो ।
दमकस्थित इलाका प्रहरी कार्यालयकाअनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।