Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

हुन्डीको १६ लाख बढी नगदसहित दुईजना पक्राउ

हुन्डीको १६ लाख बढी नगदसहित दुईजना पक्राउ

आइतवार , माघ २०, २०८१

रौतहट । रौतहटमा हुन्डीको १६ लाख बढी रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर नगरपालिका ४ का वर्ष ४० का शिव मङ्गल साह र वर्ष २३ का प्रवेज आलम रहेका छन् ।

भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिका ४ महुलिया नाकामा सशस्त्र प्रहरी मठीयाको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १६ लाख ४९ हजार २०० रुपैयाँ सहित उनीहरू पक्राउ परेका हुन् ।

बरामद नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077