Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बालाजु बाइपास र दक्षिणकालीमा दुईजना मृत फेला

बालाजु बाइपास र दक्षिणकालीमा दुईजना मृत फेला

आइतवार , माघ २०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार हालसम्म मृतकको सनाखत भएको छैन । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

यसैगरी ललितपुरको दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मन्दिर क्षेत्र सुधार समितिको प्राङ्गणभित्र पर्ने फाकु कुलोमा पनि एक जना मृत भेटिएका छन् ।

मृत भेटिनेमा सोही नगरपालिका-६ कोटाल टोल फर्पिङ बस्ने ३५ वर्षीय गणेश भन्ने रमेश घिमिरे रहेका छन् । प्रहरीले दुवै घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077