Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

निर्माण व्यवसायीलाई बिल पेश गर्ने बित्तिकै पैसा दिने अर्थमन्त्रीको दाबी

निर्माण व्यवसायीलाई बिल पेश गर्ने बित्तिकै पैसा दिने अर्थमन्त्रीको दाबी

आइतवार , माघ २०, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएका कारण केही समय अप्ठेरो परेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका छन् । अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढीको उनको भनाई छ ।

अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले बोकाएको भुक्तानी दायित्व व्यहोरिसकेकाले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी नरोकिने बताए ।

केही समय आफुहरुलाई अप्ठेरो भएको भए पनि कानूनसम्मत तरिकाले दाबी गरिएको रकमको भुक्तानी हुँदै आएको उनले बताए ।

अर्थमन्त्री पौडेलले भने, 'कसैले बिल बमोजिमको भुक्तानी माग्छ भने दिन सक्ने अवस्थामा पुगेका छौँ । बिल पेश गरेपछि भ्याट बुझाउनुपर्छ तर भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने अब पर्दैन। सरकारले गत वर्षको दायित्व समेत भुक्तानी गरेर निर्माण व्यवसायीले दाबी गरेको भुक्तानी दिने अवस्था सिर्जना गरेको छ।'

अघिल्लो वर्षको भुक्तानी सकेर सरकार अघि बढेको अर्थमन्त्री पौडेलले बताए । अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र लगानीको वातावरणलाई सहज बनाउनकै लागि सरकारले आर्थिक अध्यादेशमार्फत कानूनहरुमा संशोधन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077