Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा

कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा

आइतवार , माघ २०, २०८१

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आजदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा पुगेका हुन् ।

कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र पार्टी सुदृढीकरणका लागि भन्दै सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

आइतबार महानगरपालिकाका सभापतिहरू, सोमबार र मंगलबार प्रदेश र ७७ जिल्ला सभापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

आइतबारदेखि हुने यी नै कार्यक्रममा सहभागी हुन देउवा पोखरा गएका हुन्। सभापति देउवाले आइतबार महानगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

देउवालाई पार्टीका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले पोखरा विमानस्थलमा स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077