Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर

घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर

आइतवार , माघ २०, २०८१

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नवलपरासीको पाल्हिनन्द गाउँपालिकास्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको हो।

अनुसन्धानका क्रममा प्रधानाध्यापक कण्डेल,विद्यालय सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारको मिलेमतोमा भवन निर्माण सम्पन्न पछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग ६५ हजार घुस लिएको पुष्टि भएको अख्तिायरका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनीहरू केही समयअघि सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो र जरिवाना सजायको माग गरिएको विशेषमा दायर गरेको आरोप पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077