काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।
उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।