काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरुको पदस्थापन भएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट एसपीमा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको हो।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना निकाल्दै ३७ जना एसपीको पदस्थापन गरेको जनाएको छ ।
पदस्थान सूची अनुसार कुलदीप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन भएको छ। सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा मनोहर प्रसाद भट्टले जिम्मेवारी पाएका छन्। उनको पदस्थापन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा गर्ने निर्णय भएको छ।
महेन्द्र कुमार श्रेष्ठको स्थानमा भट्टलाई काजमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दीपक गिरी ट्राफिक प्रहरी कार्यालय, युवराज खड्का सीआईबी र नवीन कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन्।
साइबर ब्यूरोमा भेषराज रिजाल र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रुगम बहादुर कुँवरलाई पदस्थापन गरिएको छ।
यस्तो छ एसपी पदस्थापन तथा काजको सूची :