Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

मंगलवार , माघ २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ।

सहकारी ठगीको मुद्धामा तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका लामिछानेविरुद्ध आज जिल्ला अदालत चितवनमा पनि मुद्दा दर्ता भएको हो ।

साहारा सहकारीको रकम अपचलन र संगठित अपराधको कसुरमा कारबाही गर्न माग गर्दै सभापति लामिछाने सहितका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा पेस गरेको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।

सहकारी संस्थाको वचत रकम अपचलन गरेको जाहेरीमा प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि सहितलाई ठगी तथा संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता गरिएको छ ।

साहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। लामिछाने र छविलाल जोशी गोरखा मिडियाका सञ्चालक हुन्।

अन्य जिबी राईले सञ्चालन गरेका विभिन्न कम्पनी, तिनका सञ्चालक तथा शेयरधनी हुन्।

पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।

साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077