Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सीआईबीको फेक इमेल बनाएर ठगी, संलग्न दुई जना पक्राउ

सीआईबीको फेक इमेल बनाएर ठगी, संलग्न दुई जना पक्राउ

मंगलवार , माघ २२, २०८१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।

उनीहरुले प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077