Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

काठमाडौंका एसएसपी अधिकारीको निर्देशन - गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुनू

काठमाडौंका एसएसपी अधिकारीको निर्देशन - गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुनू

मंगलवार , माघ २२, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन्।

मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्ने क्रममा प्रहरी वृत्त, बौद्ध पुगेर एसएसपी अधिकारीले उक्त निर्देशन दिएका हुन् । गलत काम गर्नेविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन उनले निर्देशन दिए।

प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरुलाई निर्देशन दिए।

एसएसपी अधिकारीले भने,‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्वपूर्ण एजेण्डाका रुपमा लिनुपर्छ । तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रुपमा प्रस्तुत हुन सक्नुपर्छ ।’

सेवाग्राही र पीडितका लागि प्रहरी साथी जस्तो बन्नुपर्ने तर, दृष्कर्म गर्नेका लागि भने प्रहरीले कठोरतापूर्वक काम गर्नुपर्ने उनले बताए । उनले दृष्कर्म गर्ने व्यक्तिविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताए ।

यदाकदा एउटा प्रहरीले गरेको खराब कामले सिंगो संगठनमाथि आक्षेप लाग्ने गरेको भन्दै एसएसपी अधिकारीले त्यस्ता प्रवृत्ति भएका व्यक्ति चाहे संगठनभित्र हुन् या बाहिर त्यसलाई पहिचान गरेर निर्मूल गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077