Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ५ राउन्ड गोली

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो ५ राउन्ड गोली

मंगलवार , माघ २२, २०८१

झापा । झापामा प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । झापाको कन्काई नगरपालिका-४ स्थित सुरुङ्गामा भारतीय लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा गोली चलाइएको हो ।

पक्राउ पर्नेहरूमा भारत डिघलबैंकका अन्जार आलम र उनका भाइ युसुफ आलम रहेका छन् । उनीहरुमाथि पाँच राउन्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाईमा दुईजनाले लागूऔषध लुकाएर राखेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गर्न पुगेका थिए।

त्यस क्रममा उनीहरू भागेपछि खेदाउने क्रममा प्रहरीले गोली चलाएको थियो। तर पनि भागेपछि दुई राउन्ड गोली हानेर लागू औषधसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

एक जनाको खुट्टामा दुई गोली लागेको छ। दुवै जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ। उनीहरूको साथबाट ३५ ग्राम ब्राउन सुगर बरामद भएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077