Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै न्यायाधिवक्तामाथि छानबिन सुरु

रविलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै न्यायाधिवक्तामाथि छानबिन सुरु

बुधवार , माघ २३, २०८१

चितवन । चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि अनुसन्धान गर्न समिति गठन भएको छ ।

चितवनको सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर न्यायाधिवक्ता लुइँटेलमाथिअनुसन्धान गर्न समिति गठन भएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन्।

यो समितिले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलन अभियोजन कसरी गरिएको हो भनेर सत्यतथ्य पत्ता लगाउने छ।

रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएको भन्दै चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललार्य सरूवा गरिएको थियो।

लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको थियो।

सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा ३२ जनाविरुद्ध मंगलबार अभियोजन गर्दा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएको थियो।

गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुबै मुद्दा चलाउँदा प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई भने ठगीको मुद्दामात्रै चलाएको थियो।

जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077