Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मानव बेचबिखनको आरोपमा कांग्रेस नेता पक्राउ

मानव बेचबिखनको आरोपमा कांग्रेस नेता पक्राउ

बुधवार , माघ २३, २०८१

काठमाडौं । मानव बेचबिखनको आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अछामको प्रतिनिधिसभा क्षेत्र न.२ 'क' का सभापति ताराप्रसाद खनाल छन् ।

खनाललाई कैलालीबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले जनाएको छ।

उनको साथबाट २ करोड ७० लाखको चेक समेत बरामद भएको छ ।

विभिन्न देशमा रोजगारीमा पठाइदिन्छु भनी करोडौं ठगी गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077