Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि लामिछानेलाई हिरासतमा पठाउन चितवन अदालतको आदेश

रवि लामिछानेलाई हिरासतमा पठाउन चितवन अदालतको आदेश

बुधवार , माघ २३, २०८१

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ।

साहारा सहकारीको बचत अपचलन प्रकरणमा थुनछेक बहस नसकिएको भन्दै लामिछानेलाई हिरासतमा पठाएको हो।

साहारा बचत सहकारी प्रकणको थुनछेक बहस जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थियो । लामिछानेको मुद्दा भने आज हेर्दाहेर्दैमा राखिएको छ।

लामिछानेलाई पुन: बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।

बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको हो। आज सरकारी वकिलहरूले बहस गरेका थिए।

थुनछेक बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने भन्ने आदेश आउनेछ।

साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको छ। चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको हो।

साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको हो।

हाल पुरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादी उपर ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077