ताप्लेजुङ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन 'नानी' सहित तीनजना रिहा भएका छन् ।
ताप्लेजुङ जिल्ला अदालतले मादेनलाई १० हजार, सिदिङ्वा गाउँपालिका वडा नं ५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटना पछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटना पछि आन्दोलनरत पक्ष र सरकारबिच मंगलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाइ गर्ने सहमति थियो । सोही सहमति अनुसार उनीहरुलाई रिहा गरिएको बताइएको छ ।