Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रविलाई आज फेरि चितवन अदालतमा उपस्थित गराइने

रविलाई आज फेरि चितवन अदालतमा उपस्थित गराइने

बिहिवार , माघ २४, २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी प्रकरणमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई बुधबार जिल्ला अदालत चितवनले प्रहरीको जिम्मा लगाएको थियो ।

थुनछेक बहस नसकिएकाले आज फेरि अदालतमा उपस्थित गराउन लागिएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछाने बुधबार नै जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077