काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ।
आज बिहान पौने ९ बजेको समयमा सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो ।
विष्फोटमा परेर १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन्।
घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको बताइएको छ ।