Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित गराइयो

बिहिवार , माघ २४, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ।

चितवनको साहारा बहुउद्देश्यीय सहकारी ठगी मुद्दाको थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई अदालत उपस्थित गराएको हो।

बहस बुधबारदेखि सुरू भएको थियो।

बुधबार थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो।

सभापति लामिछाने बुधबार नै चितवन जिल्ला अदालत उपस्थित भएका थिए। थुनछेक बहस आजै सक्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077