Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वीरगन्जबाट सात लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

वीरगन्जबाट सात लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

बिहिवार , माघ २४, २०८१

वीरगन्ज । प्रहरीले स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–३ झौवा निवासी ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्श नगरमा जाँच गर्ने क्रममा साहको खल्तीबाट सात लाख रुपैयाँ बरामद गरिएको हो।

साहले लगाएको सेतो ट्र्याकसुटको दुवै साइडको खल्तीमा लुकाई राखिएको एक हजार दरका नोट सात सय थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अजयलाई नियन्त्रणमा लिई हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान थालिएको छ।

साह पटके हुन्डी कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077