Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने

रवि लामिछानेको थुनछेक बहस सकियो, आजै आदेश आउने

बिहिवार , माघ २४, २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ।

सहारा चितवन सहकारीको बचत अपचलन मुद्दामा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको हो।

थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ। साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने हिजो अदालत उपस्थित भएका थिए ।

उनको थुनछेक बहस नसकिएपछि प्रहरीको जिम्मा लगाइएको थियो । लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र जगन्नाथ पौडेललगायतले बहस गरे।

उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बसह सकेसँगै थुनछेक बहस सकिएको हो।

बहस सकिएपछि उक्त मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने न्यायाधीशले आदेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077